बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मापसे गरेर सरकारी बाइकमा सरर

सोमबार, ०९ चैत २०८२, १६ : २२
सोमबार, ०९ चैत २०८२

सारांश

  • जुम्लामा सरकारी बाइकमा मापसे गरेर चलाएको घटना सार्वजनिक भएको छ।
  • ट्राफिक चेकजाँचका क्रममा मापसे गरेका व्यक्ति पक्राउ परे, तर उनी बाइक कुन कार्यालयको हो भन्नेसमेत बताउन सकेनन्।
  • घटनाले सरकारी सम्पत्तिको दुरुपयोग र कानुनको उल्लङ्घन भएको प्रश्न उठाएको छ।

जुम्ला । जुम्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भएको घटना बाहिर आएको छ । सरकारी नम्बर प्लेटको मोटरसाइकल (बाइक) गुडाउने व्यक्ति नै मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा भेटिएपछि राज्य संयन्त्रभित्रको लापरबाही र गैरजिम्मेवारी देखिएको छ ।

आइतबार साँझ जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियमित मापसे चेकजाँच गर्ने क्रममा क१ब १८६ नम्बरको बाइक नियन्त्रणमा लिएको थियो । प्रत्यक्षदर्शीका अनुसार उक्त बाइकमा सवार व्यक्ति मादक पदार्थ सेवन गरेर लर्बराएको अवस्थामा थिए । ट्राफिक प्रहरीले आवश्यक कारबाही स्वरूप जरिबाना तिराएर छाडे पनि घटनाले गम्भीर प्रश्न उठाएको छ ।

सरकारी बाइकमा मापसे गरेर सडकमा हुइँकिने व्यक्ति को हुन् भन्ने खुल्न सकेको छैन । उक्त बाइक कुन कार्यालयको हो भनेर सोध्दा सवार व्यक्तिले ‘मलाई थाहा छैन’ भन्ने जबाफ दिएका छन् ।

सरकारी नम्बर प्लेट भएको सवारी चलाउने व्यक्तिलाई नै स्रोत र जिम्मेवारीबारे जानकारी नहुनु आफैँमा शङ्कास्पद देखिन्छ । सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग हुनु नौलो होइन, तर मापसे गरेर सडकमा कुदाउनु भनेको राज्यकै सम्पत्तिको चरम दुरुपयोगमात्र होइन, प्रचलित कानुनको ठाडो उल्लङ्घन पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप