ओलीलाई समवेदना दिन पुगे रेनु र गंगा
सोमबार, ०९ चैत २०८२, १६ : २५
सारांश
- नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन प्रचण्डका छोरीहरू गुन्डु पुगेका थिए।
- ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएपछि रेनु दाहालले श्रद्धाञ्जली अर्पण गरिन्।
- रेनुले ओलीलाई समवेदना दिँदै सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली र केपी ओलीलाई समवेदना दिन सोमबार गुन्डु पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण