पर्वतमा बोलेरो जिप दुर्घटना, चालक गम्भीर घाइते
सोमबार, ०९ चैत २०८२, २० : ०६
पोखरा । पर्वतमा बोलेरो जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । सोमबार पर्वतको कुश्माबाट मुडिकुवातर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको जिप सिर्सुवाको भिरमा सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडीका चालक सञ्जन परियार गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्स मार्फत अस्पताल पठाइएको पर्वत प्रहरीले जनाएको छ ।
गाडीमा मल मात्र लोड गरिएको र अन्य कुनै यात्रु नभएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । गाडी के कति कारणले दुर्घटनामा परेको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण