विपद् प्रतिकार्यका लागि चार दिने प्रशिक्षण
काठमाडौँ । समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रको प्राविधिक व्यवस्थापनमा चार दिने प्रशिक्षण दिइएको हो । समुदायसँगको सहकार्यमा सुरक्षा निकायको एकीकृत पहलले मात्रै विपद् व्यवस्थापन प्रभावकारी हुने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
यही चैत ६ गतेदेखि सुरु भई आज सम्पन्न प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका आठ–आठ जनाका दरले २४ जना र ललितपुर महानगरपालिकाका दुई जना नगर प्रहरी गरी २६ जनालाई प्रशिक्षण दिइएको प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले जानकारी दिए।
नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस प्रकारको प्रशिक्षणले खोज तथा उद्धार क्षमता वृद्धि गर्नुका साथै प्रतिकार्य गर्दा सुरक्षा निकायबीच एकरुपता बढाउन पनि मद्दत मिल्ने धारणा व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण