जोर–बिजोर प्रणालीबारे विभागमा कुनै बैठक छैनः सरोज सिटौला
सारांश
- नेपाल यातायात व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष सिटौलाले जोरबिजोरबारे कुनै बैठक नभएको बताए।
- सिटौलाले इन्धनको मूल्य बढेमा निजी सवारीसाधन र मोटरसाइकलमा जोरबिजोर लगाउनुपर्ने तर्क गरे।
- अध्यक्ष सिटौलाले सरकारले व्यवसायीसँग छलफल नगरी जोरबिजोरको हल्ला चलाएकोमा आपत्ति जनाए।
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौलाले यातायात क्षेत्रमा जोर–बिजोर प्रणाली लागू गर्ने विषयमा विभागमा कुनै औपचारिक बैठक नभएको स्पष्ट पारेका छन् ।
विभिन्न सञ्चारमाध्यममा जोर–बिजोर प्रणालीबारे छलफल गर्न यातायात व्यवस्था विभागले बैठक बोलाएको भनी आएका समाचारहरू सत्य नभएको उनको जिकिर छ ।
सिटौलाका अनुसार विभागका महानिर्देशकसँगको कुराकानीमा पनि आज त्यस्तो कुनै पनि बैठक तय नभएको जानकारी प्राप्त भएको छ । ‘मिडियाहरुमा विभागले बैठक बोलाएको र जोर–बिजोर लागू गर्न लागिएको भन्ने समाचार आएका छन्, तर विभागका डीजीसँग मेरो कुरा हुँदा त्यस्तो कुनै बैठक नभएको स्पष्ट भएको छ,’ सिटौलाले भने ।
इन्धनको मूल्य अकासिएको र आयल निगमको अवस्था धराशायी भएको सन्दर्भमा यदि सरकारले जोर–बिजोर प्रणाली लागू गर्नैपर्ने अवस्था आएमा पहिले निजी (रातो प्लेट) सवारी साधन र दुईपाङ्ग्रेमा लगाउनुपर्ने सिटौलाको तर्क छ । सार्वजनिक सवारी साधनलाई रोकेर समस्याको समाधान नहुने उनले बताए ।
‘रातो प्लेटका चारपाङ्ग्रे गाडी विलासिताका साधन हुन्, जसमा एक जना व्यक्ति मात्र चढेर हिँड्दा चारवटा सिट खाली हुन्छन् । त्यसैले इन्धन बचतका लागि वैज्ञानिक विकल्प भनेको पहिले निजी गाडी र मोटरसाइकलमा जोर–बिजोर लगाउनु हो,’ उनले थपे ।
अध्यक्ष सिटौलाले इन्धनको मूल्य पटक–पटक बढ्दा पनि सरकारले सार्वजनिक यातायातको भाडा समायोजनमा चासो नदिएको गुनासो गरे । यातायात व्यवसायीका समस्याहरू मन्त्रालयमा थन्किएर बसेको तर सरकारले भने व्यवसायीहरूसँग छलफल नै नगरी जोर–बिजोरको हल्ला चलाएकोमा उनले आपत्ति जनाए ।
विगतमा पूर्व तयारीका लागि सामान्य छलफल भए पनि हालको परिस्थितिमा तत्कालै कुनै निर्णय नभएको भन्दै उनले सर्वसाधारण र व्यवसायीलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण