स्विट्जरल्याण्ड पार्क क्षेत्रमा लालीगुराँसको लालित्य, तस्बिरहरू
सारांश
- काठमाडौँ उपत्यकाको बाहिरी क्षेत्रमा लालीगुराँस फुलेर रमणीय दृश्य बनेको छ।
- गुराँस फुलेपछि आन्तरिक पर्यटक, विद्यार्थी र प्रकृति प्रेमीहरूको घुइँचो बढेको छ।
- सहरीकरण र गैरजिम्मेवार पर्यटकका कारण गुराँसको अस्तित्व खतरामा परेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको कोलाहलभन्दा केही पर बाहिरी क्षेत्रमा अहिले नेपालको राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेको छ। चक्रपथ बाहिर रहेको स्विट्जरल्याण्ड पार्क क्षेत्रको जङ्गल यतिबेला राताम्य भएर ढकमक्क फुलेका गुराँसले मनमोहक देखिएको छ।
_epS3EpPAN5.jpg)
वसन्त ऋतुको आगमनसँगै जङ्गलै रङ्गिने गरी फुलेको लालीगुराँसले प्रकृतिप्रेमी, फोटो खिच्न रुचाउने युवापुस्ता र टिकटक बनाउनेहरूको विशेष ध्यान तानेको छ। सामान्यतया पहाडी र हिमाली भेगको पहिचान मानिने लालीगुराँस काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा यसरी फुल्नु आफैँमा एउटा सुन्दर दृश्य बनेको छ।
_fQ62gtoYVY.jpg)
स्विट्जरल्याण्ड पार्क र आसपासको जङ्गलमा गुराँस फुलेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटक, विद्यार्थी र प्रकृति प्रेमीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। सहरको धुलो र भिडभाडबाट केही समय भए पनि मुक्ति पाउन मानिसहरू गुराँससँग फोटो खिच्न र प्राकृतिक आनन्द लिन यस क्षेत्रमा पुग्ने गरेका छन्।
_anEQX610NM.jpg)
तर, यो प्राकृतिक सौन्दर्यसँगै केही चिन्ताजनक पक्षहरू पनि सतहमा आएका छन्। काठमाडौँ उपत्यकामा तीव्र रूपमा भइरहेको सहरीकरण, जथाभाबी सडक विस्तार र घर निर्माणका कारण बिस्तारै जङ्गल क्षेत्र खुम्चिँदै जाँदा लालीगुराँसको अस्तित्वमाथि पनि खतरा मडारिएको छ।
_5TwPDMZdpg.jpg)
स्थानीय बासिन्दाका अनुसार गुराँस फुल्ने समयमा यहाँ आउने केही गैरजिम्मेवार पर्यटकका कारण फूल र रूखमा क्षति पुग्ने गरेको छ। फोटो खिच्ने निहुँमा फूल टिप्ने, हाँगाहरू भाँच्ने र जथाभाबी फोहोर फाल्ने जस्ता क्रियाकलापले गर्दा प्राकृतिक सौन्दर्य मात्र नभई लालीगुराँसका बोटहरू नै मासिँदै गएको स्थानीयको गुनासो छ।
_kTS5xsgZ2U.jpg)
_vv3IzFJ44z.jpg)
_3p6VuOU10q.jpg)
_pzCm9QfcMf.jpg)
_7zxfqjgSPk.jpg)
_xQjYb7XKrU.jpg)
_qHnGimJaTk.jpg)
_bbH7G5olE8.jpg)
_iVzt3oxrXl.jpg)
_Et1OTDKkQD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण