क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज
सारांश
- नर्भिक अस्पतालले विश्व क्षयरोग दिवसको अवसरमा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य परीक्षणमा छुट दिएको छ।
- अस्पतालले २४ देखि ३० मार्चसम्म १५ प्रकारका परीक्षणहरूमा ३० प्रतिशत छुट दिने भएको छ।
- छुट प्याकेजमा विशेषज्ञ परामर्श, विभिन्न परीक्षणहरू, र फोन नम्बर मार्फत सम्पर्क गर्न सकिनेछ।
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ ।
विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको प्याकेज सञ्चालनमा ल्याएको हो ।
जसअन्तर्गत विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका परीक्षणहरू छन् । नर्भिकले ३० प्रतिशत छुटसहित १० हजार ५ सय ७५ रुपैयाँको प्याकेज ल्याएको हो ।
उक्त प्याकेजमा चिकित्सकको परामर्शसँगै सीबीसी, एसजीओटी, एसजीपीटी, क्रिएटिनिन, युरिन रुटिन टेस्ट, छातीको एक्स–रे, इसीजी, इको जाँच, पेट र पेल्भिसको अल्ट्रासाउन्ड, टीएसएच, युरिक एसिड, सुगर, लिपिड प्रोफाइल र पीएफटी परीक्षण तथा जाँचहरू समावेश छन् ।
सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुटसहितको प्याकेज सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण