देउवाले मत नमागेकोमा गगनले जनाए असन्तुष्टि
सारांश
- गगन थापाले शेरबहादुर देउवाको निर्वाचनमा मत नमागेकोमा असन्तुष्टि व्यक्त गरे।
- थापाले आफ्नै झोला बोकेका साथीका लागि पनि देउवाले मत नमागेकोमा प्रश्न उठाए।
- थापाले पार्टीलाई मिलाएर अगाडि बढ्ने र सबैलाई समेट्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा निर्वाचनमा मत नमागेको र मतदान नगरेको विषयमा असन्तुष्टि जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले आफू सभापति हुँदासम्म आफ्नै झोला बोकेको साथीका लागि पनि मत नमागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘एउटा क्षेत्रमा ५र६ पटक उम्मेदवार भएको नेता– मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एक पटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन ?’ सभापति थापाले भने, ‘त्यो निर्वाचन क्षेत्रमा एक पटक मत माग्नुपर्दैन ? उम्मेदवारको पक्षमा मत माग्दिनुपर्ने कर्तव्य होइन ?त्यो मैले सम्झाउनुपर्ने हो ?’
उनले देउवाको नाम भने लिएनन् । यसबारे आफूले पूर्वाग्रह नराख्ने र पार्टीको अनुशासन समितिले आफ्नो ढङ्गले काम गर्ने सभापति थापाले बताए ।
आफूहरू महाधिवेशनको प्रक्रियामा अगाडि बढेको भन्दै थापाले विशेष महाधिवेशनमा सहभागी भएका नभएका सबैलाई मिलाएर अगाडि बढ्ने जानकारी दिए । त्यसका लागि सबैसँग संवाद गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण