बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिएकै दिन बालुवाटार छाड्ने भएकी छन्।
- बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिँदैछन्।
- प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन् र निर्वाचनपछि निजी निवासमा फर्किदैछिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्।
बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
‘नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार वर्तमान प्रधानमन्त्रीले छाडेर निजी निवासमा फर्कनुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने।
प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटारमा बस्दै आएकी थिइन् ।
जेनजी आन्दोलनपछि ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएकी कार्कीले निर्वाचन सम्पन्न गराएर परिणाम आएसँगै नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरेर निजी जीवनमा फर्कन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण