रोकिएन सेयर बजारको उत्साह, साढे २९ सय नाघ्यो सूचक
सारांश
- मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखियो, नेप्से परिसूचक २९५७.२६ विन्दुमा पुग्यो।
- १४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ३४१ कम्पनीका सेयर कारोबार भए।
- विशाल बजार कम्पनी, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए।
काठमाडौं । मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै केही उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सुखद अन्त्य गरेको हो ।
बजार सूचकसँगै कारोबार रकम समेत उल्लेख्य छ । दिनभर भएका १ लाख २५ हजार कारोबारमार्फत ३४१ वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कूल १४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज कुल ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै १३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । यस्तै सोल्टी होटल र हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, विशाल बजार कम्पनी, सिन्धु विकास बैंकको मूल्य पनि १० प्रतिशत नजिकले नै बढेको छ । फर्स्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ६.५६ प्रतिशत मूल्य घटेको छ ।
समूहगत रुपमा हेर्दा आज ट्रेडिङ समूहमा ९.१२ प्रतिशत सुधार देखिएको छ । विकास बैंक र हाइड्रोपावर समूहमा पनि एक प्रतिशत बढीको सुधार देखिएको छ । होटल, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा आज गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो । यस कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको भन्दा बढीको सेयर किनबेच भयो । त्यसैगरी अपी पावर ५७ करोड ५५ लाख र एचआईडीसीएल प्रोमोटर सेयर ४४ करोड ९७ लाख रुपैयाँको कारोबार सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण