देउवा समूहका तीन प्रदेश सभापति केन्द्रीय समिति बैठकमा
सारांश
- नेपाली कांग्रेसका ३ प्रदेश सभापति विशेष महाधिवेशनको विरोधमा जारी बैठकमा उपस्थित भए।
- कोशी, बागमती र मधेस प्रदेशका सभापतिहरू बैठकमा सहभागी भए, जसमा दुई जना मुख्यमन्त्री पनि छन्।
- गण्डकी र लुम्बिनी प्रदेश सभापतिले विशेष महाधिवेशनबारे पहिले नै आफ्नो धारणा सार्वजनिक गरिसकेका थिए।
काठमाडौँ । विशेष महाधिवेशनको विरोधमा वक्तव्य निकाल्ने नेपाली कांग्रेसका तीन प्रदेश सभापति वर्तमान कार्यसमिति बैठकमा उपस्थित भएका छन् ।
विशेष महाधिवेशनको विपक्षमा वक्तव्य निकालेका कोशी प्रदेशका सभापति उद्धव थापा, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र मधेस प्रदेशका सभापति कृष्ण यादव जारी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् । बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव बहालवाला मुख्यमन्त्री पनि हुन् ।
विशेष महाधिवेशनको बेलामा नै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कित्ता क्लियर गरेका थिए ।
कोशी प्रदेशका सभापति थापा शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा सहभागी भएर धारणा राखेका थिए । बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश सभापति यादव मंगलबारदेखि सुरु भएको बैठकमा सहभागी छन् ।
बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने उपस्थित भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण