‘गैर-शत्रु’ जहाजलाई मात्र स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अनुमति : इरान
सारांश
- इरानले स्ट्रेट अफ होर्मुज प्रयोग गर्न 'गैर-शत्रु' जहाजलाई अनुमति दिने शर्त राखेको छ।
- अमेरिका र इजरायलसँग सम्बन्धित जहाजलाई जलमार्ग प्रयोग गर्न इरानले रोक लगाएको छ।
- होर्मुजमा ढुवानी ठप्प हुँदा इन्धन अभाव र मूल्य वृद्धि भएको छ।
न्युयोर्क । विश्वको तेल आपूर्तिका लागि लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजबारे इरानले संयुक्त राष्ट्रसंघमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई एक पत्र लेख्दै ‘गैर-शत्रु’ जहाजहरूले समन्वय गरेर मात्र यो जलमार्ग प्रयोग गर्न पाउने सर्त राखेको छ।
इरानको विदेश मन्त्रालयले पठाएको उक्त पत्रमा स्पष्ट रूपमा भनिएको छ, इरानको सुरक्षा नियमहरू पूर्ण पालना गर्ने र इरान विरुद्धको सैन्य कारबाहीमा संलग्न नहुने जहाजहरूले मात्र यो बाटो प्रयोग गर्न पाउनेछन्। तर, अमेरिका र इजरायलसँग सम्बन्धित कुनै पनि जहाज, उपकरण वा सम्पत्तिलाई भने यो जलमार्गमा शान्तिपूर्ण प्रवेशको अनुमति नहुने इरानले चेतावनी दिएको छ।
अमेरिका-इजरायल र इरानबिच जारी युद्धका कारण स्ट्रेट अफ होर्मुज भएर हुने विश्वको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी लगभग ठप्प भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य वृद्धि भइरहेको छ।
इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई यो जलमार्ग प्रयोग गरेर आक्रमणका लागि सैन्य अपरेसन अघि बढाउन नदिन यस्तो कडा कदम चालेको दाबी गरेको छ। लन्डनस्थित अन्तर्राष्ट्रिय सामुद्रिक एजेन्सीका १७६ सदस्य राष्ट्रहरूमाझ मंगलबार सर्कुलर गरिएको उक्त पत्रमा इरानले आवश्यक कदम चाल्न आफू तयार रहेको उल्लेख गरेको छ।
यसले गर्दा स्ट्रेट अफ होर्मुजबाट हुने व्यापारिक ढुवानी अब इरानी अधिकारीहरूको प्रत्यक्ष समन्वय र अनुमतिमा मात्र सम्भव हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण