कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार
सारांश
- कम्बोडियामा फसेका ५१ जना नेपाली नागरिकको उद्धार गरिएको छ, जसलाई गैरकानुनी गतिविधिमा लगाइएको थियो।
- उनीहरूलाई नेपाली दूतावास र कम्बोडिया सरकारको सहयोगमा स्वदेश फर्काइएको हो, र एनआरएनएले सहजीकरण गरेको थियो।
- कम्बोडिया जाने नेपालीको संख्या बढेको र दूतावासले श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरेको छ।
काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका ५१ जना नेपाली नागरिकको उद्धार गरिएको छ । उनीहरूलाई नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा स्वदेश फर्काइएको हो ।
दूतावासका अनुसार ती नेपालीहरूलाई अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा लगाइएको थियो । केही नेपाली बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेका अवस्थामा फेला परेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १० गते कम्बोडियाबाट उडेका थिए र चैत ११ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । साथै, यस्ता समस्यामा परेका नेपालीहरूलाई तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ । यसका लागि दूतावासले एनआरएनएका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजी कुमार क्षेत्रीको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
दूतावासका अनुसार स्क्यामिङ्ग केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको भन्दै गुनासो आउने गरेको छ । यस्तो अवस्थामा नेपाली राजदूतावास बैंककले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर उद्धार गर्दै आएको छ ।
यसैबिच, पछिल्लो समय कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया गएकोमा २०२२ मा एक हजार ९७७, २०२३ मा दुई हजार ९४०, २०२४ मा छ हजार ४०४ र २०२५ मा नौ हजार ६७६ जना पुगेका छन् ।
नेपाली राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो तथा धेरै कमाइको प्रलोभनमा परी भ्रमण भिसामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका देशहरू नजान पुनः आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण