लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा
काठमाडाैँ । पूर्वी अफ्रिकाबाट अरब प्रायद्वीपतर्फ जाने ‘पूर्वी मार्ग’ मा सन् २०२५ मा ९२२ आप्रवासी मृत्यु वा बेपत्ता भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा घातक वर्ष भएको संयुक्त राष्ट्र आप्रवासन एजेन्सी (आइओएम) ले बुधबार जनाएको छ ।
इथियोपिया, सोमालिया र छिमेकी देशहरूबाट लाखौँ आप्रवासीहरू प्रत्येक वर्ष लाल सागर पार गर्दै धनी खाडी देशहरूमा मजदुर वा घरेलु कामदारका रूपमा रोजगारी खोज्ने गर्छन् । अत्यधिक जोखिमपूर्ण मार्ग र युद्धग्रस्त यमनमा प्रवेशका कारण सन् २०२५ मा मृत्युदर दोब्बर पुगेको रिपोर्ट गरिएको छ ।
जिबुटीस्थित आइओएमका मिसन प्रमुख तान्जा प्यासिफिकोले एएफपीसँग भने, “सन् २०२५ पूर्वी आप्रवासन मार्गमा रेकर्ड गरिएको सबैभन्दा घातक वर्ष थियो । ९ सय २२ जनाको मृत्यु वा बेपत्ता अघिल्लो वर्षको तुलनामा दोब्बर ।”
अधिकांश पीडितहरू इथियोपियाका रहेका छन् । इथियोपियाको जनसङ्ख्या १३ करोडभन्दा बढी छ र यो देश गहिरो गरिबी तथा आन्तरिक द्वन्द्वबाट प्रभावित छ । प्यासिफिकोले भने– “आइओएम जिबुटी सरकारसँग मिलेर सुरक्षित र सम्मानजनक आप्रवासन मार्ग प्रवर्द्धन गर्न पूर्ण प्रतिबद्ध छ, ताकि थप त्रासदी रोक्न सकियोस् ।”
धेरै आप्रवासी लाल सागर पार गरी यमनमा फस्ने गरेका छन् । यमन लगभग एक दशकदेखि गृहयुद्धमा फसेको छ । केहीले जोखिमपूर्ण परिस्थितिका कारण फर्किन पनि रोजेका छन् ।
आइओएमले भविष्यमा इथियोपियाको द्रुत आर्थिक वृद्धिले आप्रवासनमा केही कमी ल्याउन सक्ने देखाएको छ । सन् २०२६ मा इथियोपियाको आर्थिक वृद्धि करिब १० प्रतिशत अनुमान गरिएको छ, यद्यपि उच्च मुद्रास्फीतिले चुनौती थपेको छ ।
संयुक्त राष्ट्रसङ्घको चेतावनी अनुसार आप्रवासीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल उपायहरू आवश्यक छन् र लाल सागर मार्ग अझै जोखिमपूर्ण रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण