कान्तिपुर म्याक्समा आईपीएलको प्रत्यक्ष प्रसारण हुने, एक्सट्रिम इनर्जी ड्रिंक्स शीर्ष प्रायोजक
काठमाडौँ । कान्तिपुर म्याक्स टेलिभिजनले ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) को प्रत्यक्ष प्रसारण गर्ने भएको छ। लगातार दोस्रो वर्ष आईपीएलको प्रत्यक्ष प्रसारण गर्न लागेको कान्तिपुर म्याक्सले शनिबारदेखि सुरु हुने यस प्रतियोगिताको १९औँ संस्करणलाई नेपाली दर्शकमाझ पुर्याउने तयारी पूरा गरेको छ।
यस वर्षको आईपीएल प्रसारणका लागि ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ ब्रोडकास्टिङ टाइटल स्पोन्सरको रूपमा रहेको छ। त्यस्तै, ‘पावर्ड बाइ’ पार्टनरमा लेमिनार टाइल्स र मङ्गलम पाइप आबद्ध भएका छन्। शनिबार हुने सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले एम चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादको सामना गर्दैछ।
आईपीएल प्रत्यक्ष प्रसारण गर्ने कान्तिपुर म्याक्स पहिलो नेपाली च्यानल हो। गत वर्ष पनि यस च्यानलले आईपीएलका ७४ वटै खेलहरू सफलतापूर्वक प्रत्यक्ष प्रसारण गरेको थियो। नेपाली क्रिकेट प्रेमीहरूको उत्साहलाई थप बढाउन यस पटक पनि सम्पूर्ण खेलहरू प्रत्यक्ष देखाइने र खेल सुरु हुनुअघि विशेष ‘म्याच प्रिभ्यु’ समेत प्रस्तुत गरिने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण