ट्रम्पको चीन भ्रमणको नयाँ मिति तय, मे १४ मा बेइजिङ जाने
सारांश
- इरानसँगको तनावका कारण अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणको मिति सारिएको छ।
- ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने र व्यापारिक सम्बन्धबारे छलफल गर्नेछन्।
- चीनले इरानमाथिको आक्रमणको निन्दा गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
काठमाडौँ । इरानसँगको बढ्दो तनावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको नयाँ मिति सार्वजनिक भएको छ । ह्वाइट हाउसले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार, राष्ट्रपति ट्रम्प आगामी मे १४ र १५ तारिखमा बेइजिङ जाने भएका छन् ।
यसअघि ट्रम्प मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमणमा जाने तालिका थियो । तर, इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धका कारण उक्त भ्रमण निर्धारित समयभन्दा पछि सारिएको हो ।
भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । दुई देशबिच लामो समयदेखि जारी भन्सार युद्ध सन् २०२५ को अन्त्यतिर केही मत्थर भएपछि व्यापारिक सम्बन्धलाई पुनः गति दिने विषयमा छलफल हुने प्रारम्भिक योजना रहेको बताइएको छ ।
चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको कडा निन्दा गर्दै आएको छ । बेइजिङले युद्धरत पक्षहरूलाई संयमता अपनाउन र सैन्य बलको सट्टा संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै आएको छ । चीनको यो असन्तुष्टिका बिच हुन लागेको ट्रम्पको यो भ्रमणलाई कूटनीतिक रूपमा निकै महत्त्वका साथ हेरिएको छ ।
यो राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो बेइजिङ भ्रमण हुनेछ । यसअघि उनी सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका क्रममा चीन पुगेका थिए । सात वर्षपछि हुन लागेको यो उच्चस्तरीय भ्रमणले विश्व राजनीति र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा सबैको चासो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण