बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएल २०२६ को मध्यतिर मैदानमा उत्रने लक्ष्य राखेको छु : प्याट कमिन्स

बिहीबार, १२ चैत २०८२, १० : ४५
बिहीबार, १२ चैत २०८२

सारांश

  • सनराइजर्स हैदरावादका कप्तान प्याट कमिन्स ढाडको चोटका कारण आईपीएल २०२६ को सुरुवाती खेलहरू गुमाउने पक्का भएका छन्।
  • कमिन्सले चोटका कारण टी-२० विश्वकप पनि गुमाएका थिए र हाल रिकभरीमा रहेर दोस्रो भाग र फाइनल खेल्ने लक्ष्य राखेका छन्।
  • कमिन्सको अनुपस्थितिमा इशान किशनले सनराइजर्स हैदरावादको कप्तानी सम्हाल्नेछन् र हैदरावादले पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोरविरुद्ध खेल्नेछ।

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सुरु हुनै लाग्दा सनराइजर्स हैदरावादलाई ठुलो धक्का लागेको छ। टोलीका नियमित कप्तान तथा अस्ट्रेलियाली तीव्र गतिका बलर प्याट कमिन्सले ढाडको चोटका कारण सिजनका सुरुवाती खेलहरू गुमाउने निश्चित भएको छ।

गत जुलाईदेखि ढाडको समस्याबाट जुधिरहेका कमिन्सले यसै साता भारत आइपुगेर बेङ्गलोरको चिन्नास्वामी स्टेडियममा हल्का अभ्यास सुरु गरे पनि पूर्ण रूपमा फिट हुन अझै केही समय लाग्ने देखिएको छ। एक पोडकास्टमा कुरा गर्दै कमिन्सले आफू अहिले रिकभरी प्रक्रियामा रहेको र प्रतियोगिताको दोस्रो भाग तथा फाइनल खेलहरू खेल्ने लक्ष्य राखेको बताएका छन्।

चोटकै कारण उनी टी-२० विश्वकपबाट समेत बाहिरिएका थिए। गत डिसेम्बरमा एसेजको तेस्रो टेस्ट खेल यता उनले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। उनले हाल हरेक तीन दिनमा बलिङ अभ्यास गरिरहेको र प्रतियोगिताको मध्यतिर मैदानमा उत्रने योजना बनाएको जानकारी दिएका छन्।

कमिन्सको अनुपस्थितिमा भारतीय युवा ब्याटर इशान किशनले सनराइजर्स हैदरावादको कप्तानी सम्हाल्ने भएका छन्। किशनले हालै घरेलु क्रिकेटमा झारखण्डको टोलीलाई सैयद मुश्ताक अली ट्रफीको उपाधि दिलाएर आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन्। कमिन्सले किशनको कप्तानीमा पूर्ण भरोसा व्यक्त गरेका छन्।

हैदरावादले आफ्नो पहिलो खेल शनिबार रोयल च्यालेन्जर्स बेङ्गलोरविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ। 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप