बङ्गलादेशमा नदीमा बस खस्दा २३ जनाको मृत्यु (अपडेट)
ढाका । बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केहि समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताएका छन् ।
उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने बताएका छन् । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताएका छन् ।
करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर –३ अगाडिबाट साँझ ५ः०० बजे पद्मा नदीमा खसेको जनाइएको छ ।
ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण