मेरो काम शिक्षाबाट राजनीति हटाउने हुनेछ : महावीर पुन
सारांश
- नवनिर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिने बताए।
- उनले शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य रहेको जनाए।
- भविष्यको भूमिकाबारे अहिले नै ठोकुवा गर्न नसकिने पुनले बताए।
काठमाडौँ । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको मुख्य प्राथमिकता शिक्षा क्षेत्रको सुधार हुने स्पष्ट पारेका छन्। सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए।
‘गर्नुपर्ने काम त टन्नै छन्, भनिसाध्य छैन,’ उनले भने, ‘तर खासगरी शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ।’
उनले आफू पहिलेदेखि नै जिन्दगीमा जे आइपर्छ, त्यही गर्ने र आइपरेका चुनौतीबाट पछि नहट्ने स्वभावको भएको उल्लेख गरे। भविष्यमा आफ्नो भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न नसकिने उनको भनाइ छ।
‘भविष्यको कुरा कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा हुन्छ होला,’ पुनले थपे, ‘त्यसैले अहिल्यै म यसो गर्छु, उसो गर्छु भनेर ठुला कुरा गर्नुको अर्थ छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण