नेपालमा नयाँ सरकार गठनको मुखमै बीबीसीले गर्ने भयो राजनीति बहस
सारांश
- बीबीसीले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनको तयारीबारे बहस कार्यक्रम गर्दैछ।
- चैत २४ गते मण्डला थिएटरमा हुने कार्यक्रममा देशको दिशा, नयाँ सरकारको प्राथमिकता जस्ता विषय उठाइनेछन्।
- कार्यक्रममा राजनीतिक दलका नेताहरूबीच नयाँ सरकारको प्राथमिकता र भ्रष्टाचार नियन्त्रणबारे छलफल हुनेछ।
काठमाडौँ । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बेला बीबीसीले राजनीति विषयमा एउटा बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘वर्ल्ड क्वेसन्सः नेपाल’ नाम दिइएको यो बीबीसीको प्रतिष्ठित कार्यक्रममध्येको एक हो ।
सो कार्यक्रम चैत २४ गते हुने बीबीसीले जनाएको छ । नेपालमा निर्वाचन सम्पन्न भएको एक महिना पनि पुगेको छैन । निर्वाचनपछि देशको दिशा, नयाँ सरकारका प्राथमिकता, युवाको आकांक्षा र भ्रष्टाचार नियन्त्रणजस्ता गम्भीर विषयमा केन्द्रित रहने यो कार्यक्रम मण्डला थेयटरमा सञ्चालन हुने बताइएको छ । नेपालको शीर्ष राजनीतिक नेताहरूसँग सार्वजनिक बहस सञ्चालन हुने कार्यक्रममा नयाँ सरकारको प्राथमिकता, युवापुस्ताको अपेक्षा पूरा गर्ने रणनीति, भ्रष्टाचार नियन्त्रणका प्रभावकारी उपाय तथा आर्थिक सुधारका सम्भावित मार्गहरू कार्यक्रमको एजेण्डा रहने बीबीसीले जनाएको छ ।
कार्यक्रममा कोको नेता सहभागी हुने भनी हालसम्म टुङ्गो लागेको छैन । राजनीतिक दलका नेताहरूसँग यस विषयमा कुराकानी भइरहेको बताइएको छ । बीबीसीका प्रस्तोता जनी डाइमण्डले कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । कार्यक्रममा सहभागी दर्शकहरूले प्रत्यक्ष रूपमा आफ्ना प्रश्न राख्न पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि अग्रिम नै फर्म भर्नुपर्ने हुन्छ । सहभागी हुने कन्फर्म भएपछि म्यासेज वा इमेलमार्फत जानकारी गराउने बताइएको छ । बीबीसीका अनुसार काठमाडौँ संस्करणको यो कार्यक्रम टेलिभिजन र रेडियोमार्फत विश्वभर प्रसारण गरिनेछ ।
नेपालको बदलिँदो परिवेश र अवस्थाको बारेमा विश्वभर जानकारी पुर्याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बीबीसीसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण