मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘बेहुली’को शुभ–मुहूर्त, भदौमा प्रदर्शन हुने

बिहीबार, १२ चैत २०८२, १५ : १७
बिहीबार, १२ चैत २०८२

काठमाडौँ । चलचित्र ‘बेहुली’ निर्माण हुने भएको छ । बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा चलचित्रको शुभ–मुहूर्त गरिएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुन लागेको आगामी वर्षको हरितालिका तीज (भदौ १२)बाट प्रदर्शनमा आउनेछ ।

चलचित्रका निर्माता सङ्गीतकार अर्जुन पोखरेल हुन् । पोखरेलका अनुसार यसै साताबाट चलचित्रको छायाङ्कन सुरु हुनेछ । लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा सक्रिय पोखरेल यसै चलचित्र मार्फत निर्माताका रूपमा उदाएका हुन् । फिल्ममा सङ्गीत पनि पोखरेलकै रहनेछ ।

सशान कँडेलले निर्देशन गर्न चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रमा दिव्या रायमाझी, पारस बम ठकुरी (कुलब्वाय),सुशान्त कार्की,  पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय रहनेछ । 

नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने चलचित्र विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गर्दै छन् । चलचित्र काठमाडौँ उपत्यकाभित्र काफिया फिल्मस् र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप