सरकार गठनको अघिल्लो दिन सेयर बजार सकारात्मक, परिसूचक २९५० को विन्दुमा
सारांश
- बिहीबार नेपाली सेयर बजारमा सकारात्मकता देखियो, नेप्से १४.२१ अंकले बढ्यो र २९५०.१६ विन्दुमा पुग्यो।
- आज ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भयो।
- बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुने भएकोले शुक्रबार बजार बन्द रहनेछ, अब आइतबार खुल्नेछ।
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि निकै उत्साहजनक वृद्धि भएको छ ।
बिहीबार नेप्से परिसूचक १४.२१ अङ्कले बढेर २९५०.१६ विन्दुमा पुगेको छ । बजार खुला भएदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार बढेर बन्द भएको हो ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । उक्त दिन सेयर बजार नखुल्ने भएकोले सरकार गठनअघिको पछिल्लो कारोबार आज नै हो । अब आइतबार बजार खुल्नेछ ।
आज दिनभर कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजारमा विकास बैंक, जीवन बीमा, ट्रेडिङ सूचक घटेको छ । म्युचुअल फण्ड को सूचक स्थिर हुँदा अरू सबै समूहका सूचक बढेका छन् ।
आज पाँच वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्यमा १० प्रतिशत तथा सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ। पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रह्यो। यसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, एसवाई प्यानलको ७१ करोड ९२ लाख र नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण