स्ट्रेट अफ हर्मुज पार गर्न शुल्क लगाउने तयारीमा इरान
बिहीबार, १२ चैत २०८२, १६ : १७
सारांश
- इरानको संसदले हर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने विधेयक तयार गर्दैछ।
- विधेयकको उद्देश्य मार्ग प्रयोग गर्ने जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो।
- इरानका विदेशमन्त्रीका अनुसार चीन, रुस, पाकिस्तान, इराक र भारतका जहाजलाई आवतजावतको अनुमति छ।
तेहरान । इरानको संसद् मजलिसले स्ट्रेट अफ हर्मुज भएर आवत–जावत गर्ने जहाजहरूबाट शुल्क उठाउने सम्बन्धी विधेयक तयार पारिरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार संसद्को निर्माण समितिका प्रमुखले उक्त प्रस्तावको मस्यौदा तयार भइसकेको तर अझै पूर्ण विधेयकका रूपमा अगाडि नबढेको बताएका छन् । उनका अनुसार यसको उद्देश्य मार्ग प्रयोग गर्ने जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।
सम्भावित शुल्क कति हुने भन्नेबारे भने अझै स्पष्ट पारिएको छैन । यसैबिच, इरानका विदेश मन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा चीन, रुस, पाकिस्तान, इराक र भारत जस्ता देशका जहाजहरूलाई आवत–जावतको अनुमति दिइएको बताएका छन् ।
उनका अनुसार इरानको दृष्टिमा स्ट्रेट अफ हर्मुज ‘पूर्ण रूपमा बन्द छैन, तर यो शत्रुहरूका लागि बन्द छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण