प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब विजयी
काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्याे । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।
पुलिसको जितमा ओपनर शङ्कर रानाले ११६ रनको शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रशिद खान १० रनमा अविजित रहे।
बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक/एक विकेट लिए ।टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउदै २६५ रन बनाएको थियो । उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे । उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए । आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे ।
पुलिसका लागि दिनेश खरेल र रशिद खानले समान तीन/तीन विकेट लिए भने करण केसीले दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण