‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताएका छन् ।
उद्योग सङ्गठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने बताए।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताए। प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण