बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए युवा उपाध्यक्ष थापाद्वारा युवाका लागि विशेष  कार्यक्रम ल्याउने प्रतिबद्धता

बिहीबार, १२ चैत २०८२, १९ : ५८
बिहीबार, १२ चैत २०८२

सारांश

  • एनआरएनएका युवा उपाध्यक्ष भिमसेन थापाले युवामुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।
  • उनले प्रवासी नेपाली युवाको सशक्तीकरणका लागि रोजगारी, उद्यमशीलता र सीप विकासका कार्यक्रम ल्याउने बताए।
  • थापाले युवा पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण बनाउने र नेपाल र डायस्पोराबीचको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । विश्वभर रहेका नेपाली युवालाई एकताबद्ध गर्दै उनीहरूको क्षमता, सीप र अनुभवलाई मातृभूमिसँग जोड्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष भिमसेन थापाले युवामुखी विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१२औँ महाधिवेशनमा उपाध्यक्ष चयनपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रवासी नेपाली युवाको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै रोजगारी, उद्यमशीलता र सीप विकाससँग सम्बन्धित कार्यक्रम अघि सार्ने बताए । उनले विश्वभर छरिएका नेपाली युवालाई एउटै प्लेटफर्ममा जोडेर उनीहरूको क्षमतालाई नेपालसँग समन्वय गर्ने योजना रहेको उल्लेख गरे ।

“विश्वभर रहेका नेपाली युवाको सीप, अनुभव र सम्भावनालाई नेपालसँग जोड्ने काम मेरो प्राथमिकतामा रहनेछ,” उनले भने, “युवा शक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र सशक्त बनाउन ठोस पहल गर्नेछु ।”

थापाले प्रवासी युवामा राष्ट्रिय पहिचान, भाषा, संस्कृति र मूल्यप्रतिको लगाव बढाउँदै भावी पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै, नेपाल र डायस्पोराबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै युवाका हक–अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप