बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कारबाही गर्न अखिल क्रान्तिकारीको माग

बिहीबार, १२ चैत २०८२, २० : ०७
बिहीबार, १२ चैत २०८२

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै  काठमाडौँ उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले खबरदारी प्रदर्शन गरिएको छ। बिहीबार  इनिशाको न्यायका लागि दबाब दिँदै अखिल क्रान्तिकारीले उपत्यकाका क्याम्पस वरिपरि प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले समाजमा बढ्दै गएको जघन्य अपराध नियन्त्रण गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले पछिल्लो समय महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढेको भन्दै राज्य मौन बस्न नहुने चेतावनी दिएका छन्। पीडित परिवारले न्याय नपाएसम्म र अपराधीले कानुनी सजाय नपाएसम्म आन्दोलन नरोकिने अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिव तथा उपत्यका इन्चार्ज निरोज श्रेष्ठले बताए ।

उपत्यका भित्र रहेका अस्कल क्याम्पस, जनप्रशासन क्याम्पस,  महेन्द्ररत्न क्याम्पस,  कसमस कलेज , पाटन बहुमुखी क्याम्पस , आर आर क्याम्पस, नेपाल ल क्याम्पस, कोटेश्वर क्याम्पस का विद्यार्थीहरूले अखिल क्रान्तिकारीको नेतृत्वमा प्रदर्शन गरेका हुन् ।

भोली पनि त्रिभुवन विश्वविद्यालय,  त्रिचन्द्र क्याम्पस, बानेश्वर क्याम्पस,  नेपाल कमर्स क्याम्पस, एनसिआईटी, नेपाल इन्जिनियरिङ कलेज, सानोठीमी क्याम्पस, बालमिकी क्याम्पस, विश्वभाषा क्याम्पस, सरस्वती क्याम्पस,  पब्लिक युथ क्याम्पस भक्तपुर क्याम्पसमा प्रदर्शन हुने उपमहासचिव श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप