एमालेको बहिष्कारकाबिच सुदूरपश्चिम मन्त्रिपरिषद्ले गर्यो पाँच अस्पतालमा अध्यक्ष नियुक्त
सारांश
- नेकपा एमालेले सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठक बहिष्कार गर्यो।
- मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले पाँच अस्पतालमा नयाँ व्यवस्थापन समिति अध्यक्ष चयन गर्यो।
- नियुक्तिमा बझाङ बाहेक अन्य अस्पतालका अध्यक्षहरू नेपाली कांग्रेस निकट छन्।
धनगढी । सत्ता साझेदार दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेको छ।
एमालेका मन्त्रीहरूको अनुपस्थितिकैबिच मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका पाँच वटा अस्पतालमा नयाँ व्यवस्थापन समिति अध्यक्षहरू चयन गरेको छ।
नेपाली कांग्रेसका दुई मन्त्री र मुख्यमन्त्री मात्र सहभागी उक्त बैठकले रिक्त रहेका प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा राजनीतिक नियुक्ति गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार टिकापुर प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा टिकापुर नगरपालिका–१ का रामबहादुर भण्डारी नियुक्त भएका छन्। यस्तै, जिल्ला अस्पताल दार्चुलाको नेतृत्व महाकाली नगरपालिका–५ का तोरणप्रसाद अवस्थीलाई सुम्पिएको छ।
बैतडी जिल्ला अस्पतालको अध्यक्षमा दशरथचन्द नगरपालिका–३ निवासी धनबहादुर क्षेत्री चयन भएका छन् भने बाजुरा जिल्ला अस्पतालको जिम्मेवारी खप्तडछेडेदह गाउँपालिका–५ का धनबहादुर रावतले पाएका छन्। यसैगरी बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयपृथ्वी नगरपालिका–३ का वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्।
आजको नियुक्तिमा बझाङ बाहेक अन्य सबै अस्पतालका अध्यक्षहरू नेपाली कांग्रेस निकट रहेका छन्। सत्ता पक्षभित्रको आन्तरिक असमझदारीका कारण एमालेले बैठक बहिष्कार गरे पनि मुख्यमन्त्री शाहले नियुक्ति प्रक्रियालाई अगाडि बढाएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण