नेपाली शान्ति सैनिकको अदलीबदली
शुक्रबार, १३ चैत २०८२, ०४ : २३
सारांश
- सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भयो।
- रिपुमर्दन गण र सैनिक प्रहरी युनिट फेरिए, कालीबहादुर गण र सैनिक प्रहरी युनिटका सैनिक गए।
- मिसनमा रहेका २११ जना सैनिक फर्किए, अहिले १,१०७ जना कार्यरत छन्।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।
सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र सैनिक प्रहरी युनिटको दशौँ डफ्फालाई बदली गर्नको लागि कालीबहादुर गणको आठौँ डफ्फा र सैनिक प्रहरी युनिटको एघारौँ डफ्फाका १७९ जना बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली सेनाका अनुसार, शान्ति सैनिकको पहिलो टोली मिसन इलाका प्रस्थान गरेका छन् । त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २११ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भइसकेका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण