ऊर्जा केन्द्रमा आक्रमण रोक्न इरानले ७ दिन माग्यो, मैले दिए १० दिन दिए: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई ऊर्जा केन्द्रमा आक्रमण नगर्न १० दिनको समय दिएको बताएका छन्।
- ट्रम्पका अनुसार इरानले वार्ताका लागि थप समय मागेको थियो र उनीहरूले यस कदमको लागि आभार व्यक्त गरेका छन्।
- इरानले भने अमेरिकासँग युद्ध अन्त्यका लागि भइरहेको कुनै पनि वार्तालाई अस्वीकार गरेको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न सात दिनको समय मागेको तर आफूले त्यसको बदलामा १० दिनको समय दिएको दाबी गरेका छन् । उनले आफ्नो यो कदमप्रति तेहरान ‘धेरै आभारी’ रहेको पनि बताएका छन् ।
फक्स न्युजसँगको एक टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँग अमेरिकाको कुराकानी ‘निकै राम्रो’ भइरहेको बताए। ‘उनीहरूले मेरा मान्छेहरूमार्फत एकदमै राम्रोसँग भने’ ‘के हामी थप समय पाउन सक्छौँ ? फक्सको कार्यक्रममा उनले भने ।
ट्रम्पले थपे, ‘उनीहरूले सात दिन मागेका थिए । र मैले भनेँ, ‘म तिमीहरूलाई १० दिन दिन्छु,’ किनभने उनीहरूले मलाई जहाजहरू दिए । तपाईँलाई थाहै छ, हामीले आठ जहाजहरूको बारेमा कुरा गरेका थियौँ । मैले केही दिनअघि भनेको ‘उपहार’।’
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्ने अवधिलाई पाँच दिनबाट बढाएर दुई हप्ता पुर्याउने घोषणा गरेका थिए । यो रोक भोलि समाप्त हुँदै थियो, तर अब अप्रिल ६ सम्म कायम रहनेछ ।
केही समयअघि ह्वाइट हाउसमा भएको क्याबिनेट बैठकमा ट्रम्पले इरानले वार्ताका क्रममा आफूलाई ‘उपहार’ स्वरूप होर्मुजको स्ट्रेटबाट तेल ट्याङ्करहरूलाई जान दिएको बताएका थिए ।
यद्यपि, इरानले भने युद्ध अन्त्यका लागि अमेरिकासँग कुनै पनि वार्ता भइरहेको कुरालाई ठाडै अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण