सेतो मच्छिन्द्रनाथको रथमा राष्ट्रपति पौडेलद्वारा पूजाअर्चना
काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको प्रतीक सेतो मच्छिन्द्रनाथको रथ असन आइपुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति विशेष पूजाअर्चना गरेका छन्। चैत्र शुक्ल अष्टमीको अवसरमा जमलको तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा नगरको भित्री भाग असन आइपुग्दा राष्ट्रपति पौडेलले परम्परागत विधिअनुसार रथको दर्शन र पूजा गरेका हुन्।
काठमाडौँको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथलाई हरेक वर्ष यसरी नै रथमा राखेर नगर परिक्रमा गराउने चलन छ। राष्ट्राध्यक्षले असनमा पुगेर रथको पूजा गर्ने पुरानो परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले जनमानसको सुख र समृद्धिको कामना समेत गरे।
सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजिने हुनाले यस पर्वको काठमाडौँ उपत्यकाको नेवार समुदाय र समग्र सांस्कृतिक इतिहासमा विशिष्ट स्थान रहेको छ।
यो रथयात्रा जमलबाट सुरु भएर असन, हनुमानढोका हुँदै लगनटोल पुगेर समापन हुने गर्छ। काठमाडौँको भित्री शहरका गल्लीहरूमा रथ तान्ने क्रममा विभिन्न झाँकी र बाजागाजासहितको उत्साहजनक सहभागिता रहने गर्छ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण