काठमाडौँकी कार्यवाहक मेयर डंगोलद्वारा प्रधानमन्त्री शाहलाई बधाई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देशको प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई डंगोलले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै कार्यवाहक मेयर डंगोलले करीब साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर र उपमेयरको रूपमा सँगै काम गरेको स्मरण गरेकी छिन्। महानगरमा सँगै काम गर्दाका अनुभव, चुनौती र यात्रा जीवनभर अविस्मरणीय रहने बताउँदै उनले शाहको नयाँ जिम्मेवारीले आम जनतामा जागेको आशा र भरोसालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।
साथै, उनले प्रधानमन्त्रीको नेतृत्वमा बन्ने नयाँ सरकार सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र देशको विकास तथा समृद्धिमा एकताबद्ध भएर लाग्ने विश्वास लिएको बताएकी छिन्। आगामी दिनमा काठमाडौँ महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै जनताको सपना पूरा गर्न तयार रहेको समेत उनले उल्लेख गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण