बिरामी कैदीबन्दीको रोजाइमा चितवन कारागार
चितवन । यहाँको कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई वटा ठूला मेडिकल कलेजमा सहज रुपमा उपचार पाउने भएकाले पनि कैदी बन्दीको रोजाइमा यो कारागार पर्ने गरेको हो ।
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघि मात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र त्यसपछि चितवन हुने गरेको हो ।
चितवन मध्यभागमा पर्ने भएकाले यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई सहज हुने भएकाले यहाँ आउने गरेका छन् । उनका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् ।
उनका अनुसार उच्च रक्तचापका ५४ जना बिरामी रहेका छन् । मधुमेहका ३० जना, मानसिक रोगी १२ जना, हेपाटाइटिस बि भएका पाँच जना, मुटु रोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारे रोग लागेका तीन/तीन जना र थाइराइडका दुई जना बिरामी छन् ।
यहाँ रहेका नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न समस्या हुने गरेको उनले बताए । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधि उपचार खर्चवापत १२ लाख रुपैयाँ विनियोजन भएको थियो ।
सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उनले बताए । यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण