बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

गुण्डु क्षेत्रमा बढाइयो सुरक्षा निगरानी

शनिबार, १४ चैत २०८२, ०० : ४८
शनिबार, १४ चैत २०८२

सारांश

  • नवनियुक्त प्रधानमन्त्री बालेन शाहको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो।
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ र सुरक्षा निकायहरूलाई 'हाई अलर्ट' मा राखिएको छ।
  • गृहमन्त्री र प्रहरी प्रमुखहरूबीच उच्चस्तरीय छलफल भइरहेको छ, उपत्यकाका सुरक्षा युनिटहरूलाई तयारी अवस्थामा राखिएको छ।

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई अत्यन्त पारिएको छ । सरकारको यो निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको गुण्डु क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

उच्च सुरक्षा स्रोतका अनुसार, ओली र रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीमा गम्भीर छलफल भए पनि हालसम्म कुनै ठोस निष्कर्ष भने निस्किसकेको छैन । यद्यपि, गुण्डुस्थित ओली निवास आसपासको सुरक्षा सतर्कता र निगरानीलाई भने उल्लेख्य रूपमा बढाइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नक्सालस्थित सरकारी निवासमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक अर्याल लगायतबिच उच्चस्तरीय छलफल भइरहेको छ ।

यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैले आ–आफ्ना मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेका छन्। उपत्यकास्थित सम्पूर्ण सुरक्षा युनिटहरूलाई कुनै पनि परिस्थितिका लागि तयारी अवस्थामा राखिएको छ ।

शुक्रबार सम्पन्न प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप