एकपक्षीय कारबाहीले सुशासन आउँदैन : कांग्रेस नेतृ गौतम
सारांश
- केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेकोमा कांग्रेस नेतृ प्रतिमा गौतमले सरकारको आलोचना गरिन्।
- गौतमले कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको र एकपक्षीय कारबाहीले सुशासन नआउने बताइन्।
- उनले भदौ २३ र २४ गतेका घटनामा संलग्नको छानबिन र निष्पक्ष कारबाहीको माग गरिन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले सरकारको कदमलाई प्रतिशोधको राजनीति भन्दै आलोचना गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको दाबी गर्दै एकपक्षलाई मात्रै लक्षित गरेर गरिने कारबाहीले मुलुकमा सुशासन स्थापना हुन नसक्ने स्पष्ट पारेकी हुन्।
भदौ २३ र २४ गतेका घटनाहरूलाई स्मरण गर्दै उनले ती दिनहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस, लुटपाट, जेल तोड्ने र प्रहरीमाथि आक्रमण गर्ने तत्त्वहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेकी छन्।
सिंहदरबार, अदालत र सरकारी भवनहरूमा आगजनी गर्नेहरूलाई उन्मुक्ति दिएर गरिने कुनै पनि कारबाही न्यायसंगत नहुने उनको तर्क छ। जनताले केवल राजनीतिक प्रतिशोध नभई विकास र वास्तविक सुशासनको अनुभूति खोजेको उनले उल्लेख गरेकी छन्।
गौतमले मुलुकमा प्रतिशोध, द्वन्द्व वा मुठभेडको वातावरण सिर्जना नगर्न सचेत गराउँदै नागरिकले कानुनी राज्य र न्यायको अपेक्षा गरेको बताएकी छन्। आफूहरू सधैँ शान्ति, सुशासन र उत्तरदायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उनले विना कुनै सर्त निष्पक्ष कारबाही हुनुपर्नेमा जोड दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण