प्रधानमन्त्री बालेनले दिए मोदी र सरिफलाई धन्यवाद
सारांश
- प्रधानमन्त्री बालेन शाहले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद दिए।
- नरेन्द्र मोदी र शहवाज सरिफले बधाई दिएपछि बालेनले दुवै देशसँगको सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाए।
- उनले दुवै देशका जनताको समृद्धिका लागि सहकार्य गर्ने अपेक्षा राखेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफलाई धन्यवाद दिएका छन् । हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई दुवै देशका प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले दिएका शुभकामना र सदभावनापूर्ण सन्देशप्रति आभार प्रकट गर्दै नेपालले दुवै देशबिचको बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका छन् ।
साथै, दुवै देशका जनताको साझा समृद्धिका लागि आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेनले पाकिस्तान सरकारसँग दुई पक्षीय सम्बन्ध तथा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउँदै जनताको प्रगति र समृद्धिका लागि सँगै काम गर्ने अपेक्षा राखेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण