ओली पक्राउको विरोधमा आइतबारबाट एमाले विधिवत प्रतिवादमा उत्रने, नेताहरूलाई जिम्मेवारी
सारांश
- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबारबाट विधिवत विरोध प्रदर्शन गर्ने भएको छ।
- एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको पक्राउको निन्दा गर्दै दुवैलाई रिहा गर्न माग गरेका छन्।
- एमालेले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाएको छ।
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबारबाट विधिवत विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि एमालेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखक पक्राउको निन्दा र भर्त्सना गर्दै उक्त घटनालाई लोकतान्त्रिक मूल्य र कानुनी शासन विपरित भएको ठहरसहित दुवैको निशर्त रिहा गर्न माग गरेको छ ।
पार्टीले आइतबारबाट विरोध पत्र बुझाएर विरोध गर्ने भए पनि जनसङ्गठनहरूले भने शनिबारबाटै प्रतिरोध सुरु गरिसकेको एमालेले जनाएको छ । नेकपा एमालेले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै आयोगको प्रतिवेदन न्यायिक सिद्धान्त विपरीत रहेको पनि जनाएको छ ।
उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको महासचिव पोखरेलले जानकारी दिए ।
एमालेले अध्यक्ष ओली र नेता लेखक पक्राउविरुद्ध संयुक्त पहलकदमीका लागि सबैसँग आह्वान समेत गरेको छ । ‘घटनाले संविधान र लोकतन्त्र मान्ने सबैलाई चिन्तित तुल्याएको भन्दै यस विरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ’, महासचिव पोखरेलले भने, ‘चैत १५ गते आइतबारबाट जिल्ला कमिटीको आयोजनामा जिल्ला प्रशासनमार्फत विरोध पत्र बुझाइने छ । साथै अन्य दलसँगको समन्वयमा विरोधका अन्य कार्यक्रम तय गरिने छ ।’
एमाले बैठकले संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादका लागि नेताहरूलाई कामको संयोजन गर्न दिएको छ । त्यसको जिम्मा नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई दिएको महासचिव पोखरेलले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण