महेश बस्नेतको चेतावनीः प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा काठमाडौंमा एमाले र प्रहरीबीच झडप भयो।
- एमाले सचिव महेश बस्नेतले ओलीलाई रिहा गर्न माग गर्दै सरकारलाई कडा चेतावनी दिए।
- बस्नेतले सरकारको कदमलाई लिएर देशलाई गृहयुद्धतर्फ लैजान खोजेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा शनिबार काठमाडौँमा एमालेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि एमाले सचिव महेश बस्नेतले सरकारलाई कडा चेतावनी दिएका छन्।
उनले बालेन सरकार र गृहमन्त्री सुधन गुरुङलाई तत्काल ओलीलाई रिहा गर्न माग गर्दै देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार दिउँसो एक आक्रोशपूर्ण सन्देश जारी गर्दै बस्नेतले पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुने बताएका छन् । उनले सरकारको गलत निर्णयका कारण दुई तिहाइको सरकारले सपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको दाबी गरेका छन् ।
'के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ?' देशलाई पाकिस्तानी, बंगलादेशी वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?' बस्नेतले प्रश्न गर्दै सरकारको कदमलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
महेश बस्नेतले लेखेका छन् –
पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ।
तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ।
के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ?
हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्?
तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुईतिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर।
यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ।
साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण