सुधारका काम अघि बढाएको भन्दै वर्षमानले गरे स्वर्णिमको सराहना
सारांश
- पूर्व अर्थमन्त्री वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आर्थिक सुधारका लागि धन्यवाद दिए।
- वाग्लेले 'उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग' को सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
- आयोगले लगानी वृद्धि र अर्थतन्त्र सुधारमा बाधक देखिएका १५ वटा ऐन खारेज गर्न सुझाव दिएको थियो।
काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले अघि सारेको अवधारणाअनुसार आर्थिक सुधारका लागि कदम चालेको भन्दै धन्यवाद दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ को सिफारिस कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका हुन् ।
पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत मुलुकमा उच्च दरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अघि बढाउन तथा आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माणका गर्न भन्दै आयोग गठनको घोषणा गरेका थिए ।
सोहीअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वमा आयोग गठन भएको थियो । उक्त आयोगले लगानी वृद्धि र अर्थतन्त्र सुधारमा बाधक देखिएको भन्दै विभिन्न १५ वटा ऐन र राजश्व अनुसन्धान विभाग खारेजीको सुझाव दिएको थियो । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उक्त सुझाव कार्यान्वयन गर्ने निर्णय गरेका हुन् ।
‘मैले अर्थमन्त्रीका रूपमा आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत अर्थतन्त्रमा देखिएका दीर्घकालीन चुनौती समाधान गरी नयाँ चरणको आर्थिक सुधारको लक्ष्य हासिल गर्ने सम्बन्धमा अध्ययन गर्न ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठनको घोषणा गरेको थिएँ’, पुनले लेखेका छन्- ‘उक्त घोषणाअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वमा गठित आयोगले तयार पारेको प्रतिवेदनको सुझावका आधारमा आर्थिक विकासका लागि अवरोधकका रूपमा विद्यमान १५ वटा असान्दर्भिक ऐन र राजश्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्नुभएकामा नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु ।’
पुनले पूर्वअर्थमन्त्री र प्रतिनिधिसभा सदस्यका रूपमा मुलुकको आर्थिक विकासका लागि सरकारले गर्ने सत्प्रयासमा साथै रहने प्रतिबद्धता समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण