चैत्र शुक्ल दशमी: सेतो मच्छिन्द्रनाथको रथ लगनमा
सारांश
- सेतो मच्छेन्द्रनाथको रथ लगनमा पुर्याइयो, जहाँ भक्तजनको भीड लाग्यो।
- रथयात्रा हनुमानढोकाबाट लगनतर्फ तेस्रो दिन लगियो, चिकमुँगल हुँदै लगन पुग्यो।
- यात्रा असन, वसन्तपुर हुँदै मच्छेन्द्रबहालमा समापन हुन्छ, गुठी संस्थानले रथ निर्माण गर्छ।
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्याइएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पुर्याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ ।
रथ लगन पुर्याए पनि साँझ परेकाले शनिबार सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्व वडा अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले राससलाई जानकारी दिए । लगनमा सेतो मच्छिन्द्रनाथको माताको मन्दिर छ ।
रथयात्राको तेस्रो दिन आइतबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी मार्ग निर्धारण गरिएको छ ।
रथयात्रा पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्ग स्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो ।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठ लगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ ।
आइतबार लगनमा माताको मन्दिर दुई पटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ । काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथ यात्रापछि नै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण