नेपालतर्फ ल्याउँदै गरिएको ठुलो परिमाणको लागूऔषध बरामद, दुई जना पक्राउ
सारांश
- भारतीय एसएसबीले नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई पक्राउ गरेको छ।
- एसएसबी र भारतीय प्रहरीको संयुक्त अपरेसनमा बारासँग जोडिएको सीमा क्षेत्रबाट लागूऔषध बरामद भएको हो।
- पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन्, र उनीहरूलाई थप कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।
रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले बारा सङ जोडिएको नेपाल भारत सीमा क्षेत्रमा ठुलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
शनिवार साँझ करिब ७:४५ बजे प्राप्त सूचनाका आधारमा सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनी महुआवाले छौदादानो थाना सँग संयुक्त अपरेसन सञ्चालन गरेको थियो। उक्त अपरेसनका क्रममा बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट ओनेरेक्स कफ सिरप बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन् । तिवारीका अनुसार गाडिबाट १०० एमएलको ८४० फाईल ओनोरेक्स सिरप बरामद भएको छ ।
बरामद सामग्री भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरिएको अवस्थामा फेला परेको जनाइएको छ। उक्त बरामदगी स्थल सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै, बेला गाउँबाट करिब १० किलोमिटर दूरीमा पर्दछ।
घटनामा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र र नेपाल बारा जिल्ला कबहिगोठ ३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद रहेको एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता विनीत कुमार सिंहले जानकारी दिएका छन् ।
बरामद गरिएको लागूऔषध र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि छौडादानो थानामा बुझाइएको एसएसबीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण