इरानमा हप्तौँसम्म स्थल सैन्य कारबाहीको तयारीमा अमेरिका
सारांश
- अमेरिकी पत्रिका द वासिङ्टन पोस्टका अनुसार अमेरिका इरानमा स्थल सैन्य कारबाहीको तयारीमा छ।
- पेन्टागनको योजनामा विशेष फौज र सीमित पैदल सैनिक परिचालन हुने सम्भावना छ, तर अन्तिम निर्णय ट्रम्पले गर्नेछन्।
- अमेरिकाले मध्यपूर्वमा सैनिक पठाएको छ र ट्रम्पले इरानलाई चेतावनी दिँदै हार स्वीकार्न आग्रह गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका इरानमा हप्तौँसम्म चल्न सक्ने स्थल सैन्य कारबाहीको तयारीमा रहेको जनाएको छ ।
समाचारका अनुसार, रक्षा मन्त्रालय पेन्टागनले बनाएको सम्भावित योजनामा पूर्णस्तरको आक्रमण नभई विशेष फौजद्वारा गरिने छापा कारबाही तथा परम्परागत पैदल सैनिकको सीमित परिचालन समावेश हुनसक्छ । यस्तो अभियानले व्यापक आक्रमणभन्दा सानो तर निरन्तर सैन्य दबाब सिर्जना गर्ने लक्ष्य राखेको बताइएको छ ।
उक्त योजना कार्यान्वयन गर्ने वा नगर्नेबारे अन्तिम निर्णय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन् । उनले पेन्टागनका केही वा कुनै पनि योजना स्वीकृत गर्न सक्ने अवस्थाबारे स्पष्टता नभएको जनाइएको छ ।
यसैबिच,अमेरिकी सेनाले ३१औँ मरिन एक्सपेडिसनरी युनिटका करिब ३ हजार ५०० सैनिक मध्यपूर्व क्षेत्रमा आइपुगेको जनाएको छ । राष्ट्रपति ट्रम्पले भने इरानलाई हार स्वीकार गर्न आह्वान गर्दै स्ट्रेट अफ हर्मुजमा अवरोध जारी राखे भीषण प्रतिक्रिया जनाउने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण