राजनीति
नेकपाले बोलायो संसदीय दलको बैठक
आइतबार, १५ चैत २०८२, ११ : ०५
सारांश
- नेकपाले संसदीय दलको बैठक आइतबार दिउँसो १ बजे पेरिसडाँडामा बोलाएको छ।
- बैठकले दलको नेता चयन गर्ने सम्भावना रहेको नवनिर्वाचित सांसद रमेश मल्लले बताए।
- प्रचण्ड दलको नेता बन्नेमा कुनै दुबिधा नरहेको मल्लको भनाइ छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिए ।
‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन’, उनले भने ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ७ गते १७ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण