राजनीतिक उतारचढावले घट्दो बाटोमा सेयर बजार
सारांश
- पूँजी बजारमा राजनीतिक अस्थिरताको प्रत्यक्ष प्रभाव देखिँदा लगानीकर्ता चिन्तित बनेका छन्।
- आइतबार नेप्से परिसूचक ४२.२७ अंकले घट्यो, जसमा अधिकांश कम्पनीको शेयर मूल्य घट्यो।
- नयाँ सरकारले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको छ, साथै सम्पत्ति छानबिन गर्ने योजना बनाएको छ।
काठमाडौँ । मुलुकमा विकसित पछिल्लो राजनीतिक अस्थिरता र उतारचढावको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिएको छ। साताको कारोबार हुने दिन नेप्से परिसूचकमा ठुलो गिरावट आउँदा लगानीकर्ताहरू चिन्तित बनेका छन्।
आइतबार एक घण्टाको कारोबारमा परिसूचक ४२.२७ अंकले घटेर २९०७.८९ विन्दुमा झरेको छ। बजार खुलेको केही समयमै ओरालो लाग्न सुरु गरेको परिसूचक दिनभर नै दबाबमा रह्यो।
कुल ३१३ कम्पनीको शेयर कारोबार भएकोमा २५५ कम्पनीको शेयर मूल्य घटेको छ भने मात्र ९ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ। २ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
शुक्रबार नयाँ सरकार गठन भएसँगै सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । त्यस्तै सरकारले ल्याएको १०० बुँदे कार्ययोजनामा २०४६ पछिका सबै उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्ने उल्लेख समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण