निर्वासित तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री बालेनलाई बधाई
सारांश
- निर्वासित तिब्बती नेता सिकियोङ पेनपा त्सेरिङले नेपालका प्रधानमन्त्री बालेन शाहलाई बधाई दिए।
- उनले बालेनलाई युवा पुस्ताको नेतृत्वको प्रतीक र नेपाल-तिब्बत सम्बन्धको निरन्तरताको रूपमा प्रशंसा गरे।
- त्सेरिङले प्रधानमन्त्री बालेनको कार्यकालको सफलताको कामना गर्दै दुई पक्षबीचको मित्रता अझै प्रगाढ हुने आशा व्यक्त गरे।
काठमाडौँ । निर्वासित तिब्बती केन्द्रीय प्रशासनका प्रमुख सिकियोङ पेनपा त्सेरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई तथा शुभकामना दिएका छन् । प्रमुख त्सेरिङले पठाएको बधाई सन्देशमा बालेनलाई हालसम्मकै कम उमेरका प्रधानमन्त्रीका रूपमा उदाएको उल्लेख छ ।
हालै युवा पुस्ताको नेतृत्वमा भएको आन्दोलनपछि बालेनको उदय हुनु नेपाली जनताको आकाङ्क्षाकै सशक्त प्रतीक रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । त्यसैगरी, नेपाल र तिब्बतबिचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको चर्चा गर्दै उनले यी सम्बन्ध पुस्तौँदेखि निरन्तर रहँदै आएको बताएका छन् ।
प्रमुख त्सेरिङले प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालको नेतृत्वमार्फत देश प्रगति, समृद्धि र सकारात्मक परिवर्तनको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले दुई पक्षबिचको मित्रता अझ प्रगाढ हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाले बधाई तथा शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण