न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ
आइतबार, १५ चैत २०८२, १६ : १८
सारांश
- प्रहरीले न्युजिल्याण्ड पठाउने भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा ललितपुरका रिजेन नगरकोटी रहेका छन्, जसले दुई जनाबाट १६ लाख ३० हजार ठगेका थिए।
- प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि आरोपीलाई वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१९ घर भएका ३८ वर्षीय रिजेन नगरकोटी छन् । चैत १३ मा उनलाई ललितपुरको चापागाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए ।
आकर्षक तलब पाउने गरी दुई जना पीडितलाई न्युजिल्याण्ड पठाउँछु भनेर उनले १६ लाख ३० हजार रकम लिएर सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण