लेन अनुशासन उल्लङ्घन गर्ने र ढोका खुल्ला राख्ने १३८ सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा
आइतबार, १५ चैत २०८२, १७ : ०१
सारांश
- ट्राफिक प्रहरीले लेन अनुशासन उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेको छ।
- आइतबार, लेन अनुशासन उल्लंघन गर्ने ११० वटा सवारीलाई जरिवाना गरिएको छ।
- ढोका खुल्ला राखेर यात्रु बोक्ने २८ वटा सार्वजनिक सवारीलाई पनि कारबाही गरियो।
काठमाडौँ । लेन अनुशासन उल्लङ्घन गर्ने निजी सवारी साधन र ढोका खुल्ला राखेर चलाइएका सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
आइतबार लेन अनुशासन उल्लङ्घन गर्ने र स्टप लाइन क्रस गरेर रोक्ने ११० वटा सवारीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ढोका खुल्ला राखेर यात्रु बोक्ने २८ वटा सार्वजनिक सवारीलाई पनि ट्राफिक प्रहरीले जरिवाना गरेको छ । आजदेखि उपत्यकाको सडकमा लेफ्ट लाइन क्लियर गर्ने अभियान सुरु गरिएको छ ।
एसपी सुवेदीले भने– ‘सडकको बायाँ तर्फबाट निर्बाध गाडी चलाउन पाइने र स्टपमा मात्रै राेक्ने अभियान सुरु गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण