चितवनमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने
चितवन । आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो ।
कार्यालयका प्र्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिइन् । उनले असार ७ गतेसम्म जिल्लाका सातै पालिकामा स्थानीय गणकहरू नियुक्ति गरिसक्ने र त्यसरी खटिने गणकलाई आफ्नो सही सूचना प्रवाह गर्न आग्रह गरिन् ।
अठार वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली तयार गरिएको घिमिरेले जानकारी दिए ।
आर्थिक गणना, २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेको पाइएका छन्, जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता नभएको पाइएको छ । कार्यालयका प्र्रमुख घिमिरेले जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषहरूको स्वामित्वमा रहेका र ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको जानकारी दिए ।
गणनाका क्रममा कृषि क्षेत्रका केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिने छ । आर्थिक गणनाले अर्थतन्त्रलाई व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण