बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक

सोमबार, १६ चैत २०८२, ०४ : ४३
सोमबार, १६ चैत २०८२

सारांश

  • नीलम कार्की निहारीकाको उपन्यास ‘राजमाता’ सार्वजनिक भयो।
  • संस्कृतिविद् वीणा पौडेलले उपन्यासले इतिहासलाई दस्तावेज गरेको बताइन्।
  • लेखकले कोरोना महामारीका कारण रोकिएको उपन्यास लेखेरै पूरा गरेको बताइन्।

काठमाडौँ । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ ।

फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आइतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो । संस्कृतिविद् प्रा डा वीणा पौडेलले उनको उपन्यासमाथि समीक्षा गरेकी थिइन् । उनका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन् । जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्ताबेज गरेको उनको बुझाइ छ । दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गरिन् ।

कार्कीको सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थालेको भए पनि बिचमा कोरोना महामारीले उपन्यास थन्किएको बताइन् । लेख्दा लेख्दै मरिने हो कि ? जस्ता भावनाहरूले उनलाई त्यति बेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताइन् । उनले भनिन्, “मनमा अनेक विचलन आउँथे तर, उपन्यास लेखेरै छाडे ढिलै भए पनि ।”

उपन्यास सार्वजनिक गरेपछि लेखक सोभित सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप