बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल

सामसन र जडेजा पुराना टोलीविरुद्ध उत्रिँदै, कसको पल्ला भारी?

सोमबार, १६ चैत २०८२, ०७ : ०४
सोमबार, १६ चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दैछन्, खेल गुवाहाटीमा हुनेछ।
  • चेन्नईका महेन्द्र सिंह धोनी चोटका कारण सुरुवाती दुई हप्ता बाहिर रहनेछन् भने राजस्थानका साम करन पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।
  • राजस्थानका लागि सञ्जु सामसन र चेन्नईका लागि रवीन्द्र जडेजा पुरानो टिमविरुद्ध खेल्दैछन्, जसमा पिच ब्याटिङका लागि अनुकूल र वर्षाको सम्भावना रहेको छ।

गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को तेस्रो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्। यो खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीको बरसापारा स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

पूर्वकप्तान महेन्द्र सिंह धोनी यो खेलमा देखिने छैनन्। चेन्नईले जानकारी दिए अनुसार धोनी खुट्टाको मांसपेशीमा आएको खिचावका कारण आईपीएलका सुरुवाती दुई हप्ता बाहिर रहनेछन्। उनी हाल रिह्याबमा छन्।

  • विगतको प्रदर्शन र हेड-टु-हेड

चेन्नई ५ पटकको च्याम्पियन (२०१०, २०११, २०१८, २०२१, २०२३) भए पनि गत सिजन अङ्क तालिकाको पुछार १०औँ स्थानमा रहेको थियो। त्यस्तै, राजस्थानले एक पटक उपाधि जिते पनि गत सिजन ९औँ स्थानमा चित्त बुझाउनु परेको थियो।

दुई टोलीबिचको हेड-टु-हेड रेकर्ड ५०-५० को छ। कुल ३२ खेलमध्ये दुवैले १६-१६ खेल जितेका छन्। गुवाहाटीमा भएको एकमात्र खेलमा भने राजस्थान ६ रनले विजयी भएको थियो।

टोली अपडेट र खेलाडी परिवर्तन

  • राजस्थान: अलराउन्डर साम करन चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। उनको स्थानमा श्रीलङ्काका टी-२० कप्तान दसुन शनाका टोलीमा आएका छन्।
  • चेन्नई: अस्ट्रेलियाका तीव्र गतिका बलर नाथन एलिस चोटका कारण बाहिरिएपछि उनको स्थानमा स्पेन्सर जोन्सनलाई समावेश गरिएको छ।

पुराना टोली विरुद्ध सामसन र जडेजा

यस सिजन सञ्जु सामसन र रवीन्द्र जडेजा आफ्ना पुराना टोली विरुद्ध खेल्दैछन्। लामो समय राजस्थानको नेतृत्व गरेका सामसन अब चेन्नईको जर्सीमा देखिनेछन् भने चेन्नईका दिग्गज जडेजा यसपटक राजस्थानको तर्फबाट मैदानमा उत्रिनेछन्।

चेन्नईको बलियो ब्याटिङ, राजस्थानको युवा जोश

चेन्नईको मध्यक्रम शिवम दुबे र आयुष म्हात्रेले सम्हाल्नेछन् भने संजु सामसनको आगमनले टोली थप मजबुत भएको छ। बलिङमा नूर अहमद र म्याट हेनरीको भूमिका मुख्य हुनेछ।

अर्कोतर्फ, राजस्थानका लागि यशस्वी जायसवाल र युवा खेलाडी वैभव सूर्यवंशीले ओपनिङ गर्ने अपेक्षा गरिएको छ। जडेजाको आगमनले टोली सन्तुलित देखिए पनि जोफ्रा आर्चरको नेतृत्वमा रहेको बलिङ युनिटले आफ्नो लय कायम राख्नुपर्ने चुनौती छ।

Barsapara Cricket Stadium

पिच र मौसम रिपोर्ट

बरसापारा स्टेडियमको पिच ब्याटिङका लागि अनुकूल मानिन्छ। यहाँ ठुलो स्कोर बन्ने सम्भावना रहन्छ र राती शीत पर्ने भएकाले टस जितेर फिल्डिङ गर्ने टोलीलाई फाइदा पुग्न सक्छ।

गुवाहाटीमा सोमबार बादल छाउने र ५५-६०% वर्षा हुने सम्भावना रहेको छ।

चर्चामा रहेका खेलाडी: रवीन्द्र जडेजा र प्रशान्त वीर

३७ वर्षीय जडेजा राजस्थानका लागि रकस्टारको रुपमा फर्किएका छन्। उनको बलिङ नियन्त्रण र अन्तिम ओभरहरूमा छक्का प्रहार गर्ने क्षमता राजस्थानका लागि महत्वपूर्ण हुनेछ। चे

न्नईका लागि प्रशान्त वीर सरप्राइज प्याकेज हुन सक्छन्, जसलाई टोलीले सिक्स-हिटर र पावरप्ले बलरको रुपमा हेरेको छ।

399587

रोचक तथ्याङ्क

  • एमएस धोनी र सुरेश रैना दुवै नभएको चेन्नईको यो पहिलो खेल हुनेछ।
  • वैभव सूर्यवंशीले आईपीएल २०२५ मा औसत हरेक ५ बलमा एक छक्का प्रहार गरेका थिए।
  • जडेजा टी-२० मा ४००० रन पूरा गर्नबाट मात्र १५ रन टाढा छन्। यो उपलब्धि हासिल गरे उनी हार्दिक पाण्ड्यापछि ४००० रन र २०० विकेट लिने दोस्रो भारतीय बलर बन्नेछन्।
  • जोफ्रा आर्चरले सञ्जु सामसनलाई टी-२० मा ६ पटकको भेटमा ३ पटक आउट गरिसकेका छन्।

दुवै टोलीको सम्भावित-१२ 

  • राजस्थान रोयल्स: वैभव सूर्यवंशी, यशस्वी जायसवाल, रियान पराग (कप्तान), रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, डोनोवन फरेरा, दसुन शनाका, रवि बिश्नोई, जोफ्रा आर्चर, सन्दीप शर्मा, तुषार देशपाण्डे।
  • चेन्नई सुपर किंग्स: सञ्जु सामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, डेवाल्ड ब्रेभिस, प्रशान्त वीर, सरफराज खान/कार्तिक शर्मा, शिवम दुबे, अकील हुसेन, नूर अहमद, म्याट हेनरी, अंशुल कम्बोज, खलील अहमद।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप